NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

मुख्यमन्त्री शाहीलाई भोट हाल्दा कारवाहीमा परेका माधव नेपाल पक्षका चार सांसद सर्वोच्चबाट पुनर्वहाली

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने कर्णालीका चार सांसदलाइ सर्वोच्च अदालतले पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेत्रृत्वको सरकारलाई विश्वासको मत दिने एमाले सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अम्मरबहादुर थापालाइ पुनर्बहाली गर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो । पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार संसदलाई बर्खास्त गर्न एमालेले प्रदेश सभालाई पत्र लेखेपछि उनीहरु पदमुक्त भएका थिए । एमालेको माधव नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली भएका हुन् ।उनीहरुले आफूहरुमाथिको कारवाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको हो ।