लोक सेवा आयोगले माग्यो २४९ सुब्बा (विज्ञापनसहित)

काठमाडौं । लोक सेवा आयोगले नायब सुब्बा पदमा २४९ जनशक्ति माग गरेको छ। आफ्नो नियमित कार्यतालिका अनुसार आयोगले बुधबार नायब सुब्बा पदको २४९ सिटमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो। खुला तथा समावेशीका आधारमा विज्ञापन गरेको आयोगले खुलातर्फ धनकुटा कार्यालयअन्तर्गत १७, जलेश्वर कार्यालयअन्तर्गत २८ र काठमाडौंबाट सबैभन्दा धेरै ४० जना माग गरेको छ। खुलातर्फ पोखरा कार्यालयले १८, बुटवलले १५, सुर्खेतले १३ र दीपायलबाट १० जनशक्ति माग गरिएको छ । आवेदन अनलाइनमार्फत ०७८ माघ १८ गतेसम्म दिन सकिने छ । दोब्बर दस्तुर तिरेर भने आगामी माघ २५ सम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।
प्रतिक्रिया