एमाले जिल्ला अधिवेशन : कास्की अध्यक्ष र उपाध्यक्षमा गुरुङ प्यानलका विजयी

काठमाडौं । नेकपा (एमाले) कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । चुनावी प्रतिस्पर्धामा खडा दामोदर वैरागीलाई पराजित गर्दै गुरुङ विजयी बनेका हुन् । निर्वाचन समितिका अनुसार, बुधबार बिहान सम्पन्न अन्तिम मत परिणाममा गुरुङले ४५६ मत प्राप्त गर्दा वैरागी ४९ मतले पछाडि परे । गुरुङ एमाले नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पक्षका हुन् । वैरागीचाहिँ खगराज अधिकारी समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए । उपाध्यक्षमा तेजनारायण अधिकारी निर्वाचित भएका छन् । उनले ४ सय २१ मत पाएँदा उनका प्रत्यासी प्रभा कोइराला ४ सय १३ मतमा रोकिइन् । अधिकारी पनि गुरुङ प्यानलका हुन् । सचिवमा बैनबहादुर क्षेत्री र उपसचिवमा दर्शन लामाले बाजी मारे । उनीहरू भने खगराज प्यालनका हुन् ।
प्रतिक्रिया