NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा हल्का वर्षा  हुनुका साथै तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाएको छ ।  मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश ,गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा  फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भू–भागका थोरै स्थानहरूमा  हल्का  हिमपातको  सम्भावना  रहेको बताएको हो। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाे मौसमविद् प्रतिभा मानन्धरले नेपालवाचलाई जानकारी दिइन्। उनका अनुसार  हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ। त्यस्तै आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली तथा अन्य भू–भागहरूमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ  भने अधिकतम तापक्रम २० देखि २२ डिग्रीसम्म पुग्ने सम्भावना रहेकोछ ।   

ताजा अपडेट

नेपालवाच विशेष