बाँकेमा लागुऔषधसहित दुई जना पक्राउ

उमेश ओली (बाँके) – बाँकेमा ब्राउनसुगर जस्तो देखिने लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको टोलीले मंगलबार राति १०ः१० बजे उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ का ३६ वर्षीय अरुण रोक्कामगर र तिलोत्तमा नगरपालिका ७ बुटवलका सिद्धार्थ पाण्डे रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने लागुऔषध बरामद भएको इप्रका जमुनाहाले बताएको छ ।
प्रतिक्रिया