NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

पोखराका व्यवसायीलाई प्याकेजिङ तथा बजारीकरणसम्बन्धी तालिम

काठमाडौं – पोखराका लघु, घरेलु तथा साना व्यवसायीलाई लक्ष्य गरी लेखा व्यवस्थापन र लेबलिङ, प्याकेजिङ तथा बजारीकरणसम्बन्धी दुईदिने तालिम दिइएको छ। नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको आयोजना तथा पोखरा उद्योग वाणिज्य सङ्घ सहआयोजनामा गरिएको तालिममा लेखा व्यवस्थापनमा ५० जनाको सहभागिता थियो। लेखा चुस्त–दुरुस्त राख्न नसक्दा व्यहोर्नुपर्ने हैरानी र घाटाबाट व्यवसायीलाई मुक्त गराउने उद्देश्यका साथै गुणस्तरीय उत्पादनलाई लक्ष्य गरी तालिम आयोजना गरिएको हो। तालिममा दोहोरो लेखा प्रणाली तथा लेबलिङ र प्याकेजिङ कसरी गर्ने भन्नेबारे जानकारी दिइएको थियो। लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका कार्यकारी अधिकृत ऋषिराम पङ्गेनीले लेखा प्रणाली चुस्त राख्न र प्रतिस्पर्धी बजारमा टिक्नका लागि तालिम फलदायी बन्ने विश्वास व्यक्त गर्दै उत्पादन र उत्पादकत्व वृद्धि सहयोग पुग्ने बताए। पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइराला लेखा चुस्त नराख्दा भोग्नुपर्ने दण्ड–जरिवानाबाट बचाउन तालिम उपयोगी बन्ने बताउँछन् । प्रतिस्पर्धी बजार प्रवेशका लागि आकर्षक लेबलिङ र प्याकेजिङ पहिलो शर्त भएको उनले बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव सुरेन्द्रमान विजुक्छे, तालिमका सहभागी तथा उद्यमी सुनयना पालिखे, प्रशिक्षार्थी लालप्रसाद ढकाललगायतले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न जरुरी भएको धारणा राखे।

ताजा अपडेट

नेपालवाच विशेष