NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

एफ एम रेडियोको नवीकरण शुल्क मिनाहा, कर एक प्रतिशत तिरे पुग्ने

काठमाडौं – वाग्मती प्रदेश सरकारले प्रदेशमा दर्ता भएका एफएम रेडियो तथा टेलिभिजनलाई कोभिड महामारीले पारेको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले नवीकरण शुल्क पूरै मिनाहा गर्ने व्यवस्था गरेको छ। वाग्मती प्रदेशको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।  एफ एम रेडियोबाट दुई प्रतिशत कर लिँदै आएकामा ५० प्रतिशत छुट गरी अब एक प्रतिशतमात्र कर तिरे पुग्ने व्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । माघ मसान्तसम्म कर बुझाउन सकिने व्यवस्था गरिएको छ ।  यसका साथै बैठकले मुख्मन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ ।  बैठकले मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन  गरेको हो। समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवाअवधि ६ महिना थप गरेको छ। अघिल्लो वर्ष कोभिड–१९ महामारी चर्किएको बेला ४७९ प्राविधिक कर्मचारी राखिएकामा उनीहरुको म्याद यही पुस मसान्तसम्म मात्र सकिँदै थियो। उनीहरुको करार अवधि थप गर्ने निर्णय भएको मन्त्री खनालले जानकारी दिए।  यसैगरी चितवनको भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ। सो कार्यालय स्थापना गर्न आवश्यक जग्गा प्राप्तिका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री खनालले बताए।

ताजा अपडेट

नेपालवाच विशेष