रेष्टुरेन्टभित्र यौनहिंसा, दुई पक्राउ

काठमाडौं – काठमाडौंको दरबारमार्गस्थित एक रेष्टुरेन्टबाट महिलामाथि यौन हिंसाको आरोपमा दुई युवा पक्राउ परेका छन्। त्रिसरा रेष्टुरेन्टमा आएका ग्राहक महिलालाई यौन हिंसा गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत दरबारमार्गका अनुसार महिलाको मास्क खोलिदिनेलगायतका यौन हिंसा गरेपछि २ युवालाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया