ललिता निवास प्रकरण : २१ दिनपछि जमानीमा छुटे सुवेदी दम्पती

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका सुवेदी दम्पती हाजिरी जमानीमा रिहा भएका छन् । उक्त जग्गा प्रकरणमा बिचौलीयाको आरोपमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रिहा गरेको हो । ब्यूरोका निर्देशक धिरजप्रताप सिंहका अनुसार सरकारी वकिलको कार्यालयको सहमतिमा उनीहरू दुवै जनालाई रिहा गरिएको हो । मुद्दा नचल्ने अवस्थामा हिरासतमा राख्न नमिल्ने भएका कारण उनीहरूलाई रिहा गरिएको हो । आवश्यकता परेको खण्डमा हाजिर हुने सहमति गरिएको छ । ललिता निवासको १४२ रोपनी ६ आना जग्गा विभिन्न व्यक्तिको नाममा गरिएकोमध्ये सुवदी दम्पतीको नाममा मात्रै १४ रोपनी जग्गा भेटिएको छ ।
प्रतिक्रिया