NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको स्वास्थ्य अधिकारीहरूको भनाइ 

काठमाडौं – मेक्सिकोका स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । अधिकारीहरूले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन्। उनीहरूले त्यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन्। त्यहाँ गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका हुन्। मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट द्रूत गतिमा फैलिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष