एमाले जिल्ला अधिवेशन : कतै हिमपातको समस्या, कतै जुँगाको लडाइँ

काठमाडौं । नेकपा एमालेको पुस २३ बाट सुरू भएको जिल्ला अधिवेशन बुधबार बिहानसम्म ५६ जिल्लाका नेतृत्व चयन भएका छन् । बाँकी जिल्लाको परिणाम आउने क्रम जारी छ । अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व छनोट भए पनि केही जिल्लामा आकांक्षी धेरै भएपछि नेतृत्व छनोटमा समस्या देखिएको छ । गण्डकी, कर्णाली लगायत केही जिल्लामा हिमपातका कारण नेतृत्व छनोटमा समस्या उत्पन्न भएको छ । सुदूरपश्चिमको उच्च हिमाली जिल्ला बझाङ हिमपातको कारण अधिवेशन स्थगित गरिएको छ । अछाम र कञ्चनपुर सर्वसम्मत हुन नसकेकाले बुधबार मतदान प्रकृया अघि बढेको सह–इन्चार्ज कर्णबहादुर थापाले जानकारी दिएका छन् । त्यस्तै वाग्मती प्रदेश अन्तर्गत चितवनमा नेतृत्वका आकांक्षी धेरै भएकाले सर्वसम्मतको प्रयास भइरहेको इन्चार्ज देवीप्रसाद ज्ञवालीले जानकारी दिएका छन् । पुस २३ मा सुरू भएको अधिवेशन कोरानो संक्रमणको कारण देखाउँदै २६ सम्म बन्दसत्र स्थगित भएको थियो । बुधबारसम्म सर्वसम्मत नेतृत्व चयन हुने ज्ञवालीले दावी गरेका छन् । सिन्धुपाल्चोकमासमेत नेतृत्व विवादका कारण बन्दसत्र अघि बढेको छैन । त्यस्तै प्रदेश दुई अन्तर्गत सप्तरी र सिराहबाहेक अन्य जिल्लामा अधिवेशन हुन सकेको छैन । प्रदेश इन्चार्ज रघुवीर महासेठ र सह–इन्चार्ज प्रभु साहबीचको द्वन्दका कारण स्थगित भएका बाँकी जिल्लाहरूमा अझै हुन सकेको छैन । एमाले सचिवसमेत रहेका इन्चार्ज महासेठले प्रतिनिधि छनोटमा एकलौटी गर्दै आएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । यसैगरी गण्डकीको उच्च हिमाली जिल्ला मनाङ र मुस्ताङमा हिमपातका कारण अधिवेशन स्थगित गरिएको छ । कुन प्रदेशमा कसको नेतृत्व ? प्रदेश १ दीपक कार्की ऋषिकेश पोखरेल रामप्रसाद दंगाल इन्द्रमणि पराजुली तेजमान कन्दङ्वा राजकुमार भण्डारी शरण राई महेश बस्नेत डुँफकुमार बास्तोला परमेश्वर घिमिरे भूपेन्द्र थेवे शंकर कटुवाल प्रदेश २ ताराकान्त चौधरी चन्द्रेश्वर मण्डल वाग्मती प्रदेश भूमि त्रिपाठी अशोक ब्यञ्जु बन्द्री मैनाली बचन देउजा कर्णेल लामा आनन्द श्रेष्ठ एकलाल श्रेष्ठ दीपक निरौला पुरुषेत्तम आचार्य कुमारबहादुर कार्की नरबहादुर श्रेष्ठ गण्डकी प्रदेश श्रीप्रसाद श्रेष्ठ कृष्णप्रसाद अधिकारी देवेन्द्र केसी हिरा केसी राजुप्रसाद पौडेल मनबहादुर गुरुङ सूर्य गैरे मुक्तिराम पाण्डे प्रेमबहादुर गुरुङ लुम्बिनी प्रदेश धनेन्द्रराज घिमिरे हुकुमबहादुर बस्नेत डम्बर शर्मा लालबहादुर श्रेष्ठ किस्मतकुमार कक्षपति बालसिंह काउछा तेजेन्द्र केसी दीपेन्द्र अधिकारी पीताम्बर भुसाल विजयविराज विष्ट कर्णाली प्रदेश शेरबहादुर बुढा गोविन्द पुन शान्तिलाल महत अमृत बिसी खिमबहादुर शाही नन्दराम देवकोटा सुदूरपश्चिम प्रदेश प्रकाश सावँद सुरेन्द्र पाल चक्र मल्ल रतन थापा प्रेमसिंह धामी कालीबहादुर शाही विशेष जिल्ला कमिटी मजदुर विशेष– जितेन्द्र श्रेष्ठ पेशागत विशेष– उमेश ढकाल
प्रतिक्रिया