रोनाल्डो पिएसजी जाने सम्भावना कति ?

काठमाडौं । अहिले एउटा समाचारले फुटबल बजारमा तातिरहेको छ । त्यो हो पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छोडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेज जाँदैछन् भन्ने । यो समाचार फ्रेन्सेली मिडियाहरूले नै बाहिर ल्याएका हुन् । उनीहरूको दाबीअनुसार पिएसजी रोनाल्डोलाई भित्र्याउने प्रयास गरिरहेको छ । त्यसो त पिएसजीले गत वर्ष नै पोर्चुगिज कप्तानलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । तर, अर्को सुपरस्टार लियोनल मेसी क्लबमा भित्रिएपछि त्यो सम्भव हुन सकेन । रोनाल्डो म्यानचेस्टरमा खुसी नभएको बताइएको छ । अहिलेका व्यवस्थापक राल्फ राङनिकसँग उनको मनमुताब पनि बढ्दो छ । फेरि यतिबेला पिएसजीका स्टार केलियन एमबाप्पे रियल म्याड्रिड जाने हल्ला छ । यदि, यो सत्य भएका रोनाल्डो पिएसजी जाने सम्भावना थप बलियो हुनेछ । रोनाल्डो पिएसजी गएमा मेसी र उनी सँगै खेल्ने पक्का हुनेछ । यो फुटबल दुनियाँका लागि एउटा सपना पूरा भएको हुनेछ ।
प्रतिक्रिया