रञ्जु दर्शनासहित तीन संयोजकलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । विवेकशील साझा पार्टीको कार्यसम्पादन समितिले वाग्मति प्रदेश संयोजक रञ्जु दर्शनासहित अन्य तीनवटा प्रदेश र अन्तर्राष्ट्रिय संयोजकलाई जिम्मेवारीबाट हटाएको छ । कार्यसमितिको पुस २१ गते बसेको १३ औं बैठकले प्रदेश २ संयोजक अमिनेशकुमार मिश्र, गण्की प्रदेश संयोजक महेश भण्डारी र अन्तर्राष्ट्रिय सद्भाव समूहको संयोजक सुरेश भट्टलाई जिम्मेवारीबाट हटाइएको हो । उनीहरूका ठाउँमा नयाँ नेतालाई जिम्मेवारी दिइएको छ । कारबाहीमा परेका संयोजक मिलन पाण्डेको पक्षमा उभिएका गण्डकी प्रदेश संयोजक भण्डारी र प्रदेश २ का संयोजक मिश्रले राजीनामा दिएका थिए । बाँकीको जिम्मेवारी पनि हेरफेर गरिएको पार्टीका प्रवक्ता शरद पाठकले जानकारी दिए । पार्टीको कार्यसम्पादन बैठकले अन्तर्राष्ट्रिय सद्भाव समूहको संयोजकमा एसके श्रेष्ठ, प्रदेश २ को संयोजकमा धनपति महतो, वाग्मति प्रदेश संयोजकमा सञ्जीवबल्लभ भट्टराई, गण्डकी प्रदेश संयोजकमा सुशीला अधिकारी केसीलाई चयन गरेको छ । कार्यसम्पादन समितिका निर्णयहरू छलफल तथा अनुमोदनका लागि केन्द्रीय समितिको बैठकमा पेस गर्ने पार्टीको तयारी छ।
प्रतिक्रिया