NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

केन्द्रीय सहकारीमा विवाद : अध्यक्ष र सचिवको लडाइँले साधारणसभा अन्योल

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा विवाद उत्पन्न भएको छ । सञ्चालक समिति दुई धारमा विभाजित भएपछि संघमा विवाद बढेको हो । अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव माधवप्रसाद तिमल्सिनाबीच विवाद हुँदा सञ्चालक समिति दुई धारमा विभाजित भएका हुन् । सदस्यता विवादका कारण पुस २९ मा तय भएको साधारणसभा अन्योलमा छ । अध्यक्ष भण्डारीले साधारणसभा रोक्न सूचना जारी गरेका छन् भने सचिव तिमल्सिनाले तोकिएको मितिमै साधारणसभा तथा निर्वाचन हुने सूचना जारी गरेका छन् । यसले सदस्य अन्योलमा परेका छन् । सहकारी विभागले विभागले हस्तक्षेप भन्दा पहिला दुवै पक्षलाई मिलाएर लैजान चाहेको जनाएको छ । राष्ट्रिय सहकारी महासंघले नै समन्वय गरेर विवाद समाधान गर्न पहल गर्नुपर्ने विभाग भनाइ छ । संघको विवाद भने समाधानउन्मुखतिर जानभन्दा थप चर्किदै गएको छ । विभागले पौष मसान्तभित्रै साधारणसभा गर्न पुस २३ गते लिखित निर्देशन दिएको हो । संघको पौष १९ गते बसेको सञ्चालक समितिको बैठकमा सदस्यता दिने विषयमा विवाद उत्पन्न भएपछि तत्काल अर्को बैठक बस्नेगरी साधारणसभा स्थगित गरिएको थियो । त्यसलगत्तै नियामक निकाय सहकारी विभागमा केही सञ्चालकले पौष २० गते उजुरी दिएका थिए । उजुरी परेपछि सहकारी विभागले संघलाई पत्र काटेर तोकिएको समयमै साधारणसभा गरी पौष मसान्तभित्र सो को जानकारी दिन निर्देशन दिएको थियो । पुस १९ गते साधारणसभाको तयारी, सदस्यतालगायत विषयमा बोलाइएको बैठकमा चुनाव प्रभावित गर्नेगरी भण्डारीले २८ वटा सहकारीको प्रस्ताव पेश गरेपछि विवाद सुरु भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष