NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

अपकमिङ वेब सिरिज :  यो साता ओटीटी प्लेटफर्ममा हुनेछ ‘मकर संक्रान्ति’

काठमाडाैं । यदि अवस्था सामान्य हुँदो हो त यसपटक मकर संक्रान्तीमा राधेश्याम सिनेमाघरमा रिलिज भइसकेको हुनेथियो । प्रभास र पूजा हेगडे स्टारर फिल्मको रिलिज डेट कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित गरिएएको छ । भारतका अधिकांश राज्यमा महामारी रोक्नका लागि प्रतिबन्ध लगाइएको छ । यसका कारण सिनेमाघर ५० प्रतिशत क्षमताका साथ चलिरहेका थिए । कैयौं क्षेत्रमा त बन्द नै गरिएको छ । राधेश्याम यस वर्षको बहुप्रतिक्षित चलचित्र हो । कैयौं भाषामा रिलिज हुने तय भएको थियो । कैयौं फिल्महरू कोरोनाकै कारण हलसम्म पुग्न नसक्ने भएका छन् । तर, भलै कोरोनाका कारण सिनेमाघरसम्म फिल्म पुग्न सक्ने छैनन् । यद्यपि ओटीटी प्लेटफर्ममा भने मनोरञ्जनको कुनै कमी हुनेछैन । यसैसाता विभिन्न प्लेटफर्ममा उत्कृष्ट फिल्म र वेब सिरिज रिलिज हुँदैछन् ।  बुधबार  १२ जनवरी अर्थात आज डिज्नी प्लस हटस्टारमा भारवल स्टुडियोजको एटरनल्स स्ट्रीम गरिनेछ । यो फिल्म डिसेम्बरमा सिनेमाघरमा रिलिज भइसकेको छ । फिल्मको कहानी प्राचीन जीवबारे छ । जो प्राचीनकालबाट फर्किएर वर्तमानमा आउाछ र यस दुनियाँलाई बचाउनका लागि केही नयाँ सुपरहिरो एकसाथ जुट्नेछन् । फिल्ममा एन्जेलिना जोली, जेमा च्याङ, रिचर्ड मेडन, कुमेल ननजियानी, लोरेन रिडलोफ, ब्रायन टायरी हेनरी, सलमा हेक लगायत मुख्य भूमिकामा छन् । फिल्म अंग्रेजीका साथै तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दीमा पनि स्ट्रीम गरिनेछ ।  बिहीबार  ‘रन्जीश ही सही’ वेब सिरिज वुट सेलेक्टमा रिलिज हुनेछ । हिन्दी सिनेमाको गोल्डेन पिरियटको यस कहानीमा ताहिर राज भसीन, अमृता पुरी र अमाला पल मुख्य भूमिकामा छन् । कहाँनी एक संघर्षरत फिल्ममेकरको हो । जिलाई एक भिन्न खालको कहानीको खोजी हुन्छ ।  अमृता पुरी ताहिरकी पन्तीको भूमिकामा छिन् । अमाला भने पोलकी प्रेमिका बनेकी छन् । ट्रेलरमा यी तिनै पात्रबीचको सम्बन्ध हुँदै फिल्म मेकरको कहानी खोजिएको छ । यो वेब सिरिजका क्रियटर महेश भट्ट हुन् । यसको लेखन र निर्देशन पुष्पदीप भारद्वाजले गरेका छन् । साथै यसको निर्माण भने मकेश भट्ट र जियो स्टुडियोजले गरेको छ ।  शुक्रबार  बक्स अफिसमा धुम मच्चाएको अल्लु अर्जुन र रस्मिका मन्डानाको फिल्म पुष्पा, द राइज पछिल्लो ासता मात्रै तेलुगु, तमिल, मलयालम र कन्नड भाषामा प्राइम भिडियोमा आइरहेको छ । शुक्रबारदेखि भने यसको हिन्दी संस्करण प्राइममा स्ट्रीम गरिनेछ । पुष्पाले हिन्दी बक्स अफिसमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो ।  यस्तै डिज्नी प्लस हटस्टारमा मेडिकल क्राइम ड्रामा ह्यूमेन रिलिज हुनेछ । यस शो को निर्माण तथा निर्देशन विपुल शाह र मोजेज सिंहले गरेका छन् । शो मा शेफाली शाह र कीर्ति कुल्हरी मुख्य भूमिकामा छन् । ह्यूमेन मानिसमा गरिने औषधीय परीक्षण र त्यसलाई लिएर हुने कालोधन्दामा आधारिकत छ । नेटफ्लिक्समा यो यो सिरिज हेर्न सकिनेछ । 

ताजा अपडेट

नेपालवाच विशेष