NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

अस्पतालभित्र छिर्न नदिन डा.लोहनीविरुद्ध वीरका कर्मचारीको विरोध प्रर्दशन

काठमाडौं – वीर अस्पतालनको प्रशासकीय प्रमुख डा. गुणराज लोहनीविरुद्ध कर्मचारीहरूले विरोध प्रदर्शन गरेका छन्। मंगलबार(हिजो) कोभिड युनिफाइड अस्पताल(वीर अस्पताल)को प्रशासकीय प्रमुखको जिम्मेवारी पाएका डा. लोहनीलाई अस्पताल छिर्न नदिने भन्दै त्यहाँका कर्मचारीले विरोध गरेका हुन् ।  अवकाश पाउन केही समय मात्रै बाँकी भएका लोहनीले अस्पतालमा व्याप्त समस्या समाधान गर्न नसक्ने भन्दै कर्मचारी आन्दोलनमा उत्रेका हुन्। पटक पटक नेतृत्व परिवर्तन गर्दा अस्पतालको सुधार नहुने र आफूहरूभित्र बाटै नेतृत्व चयन हुनुपर्ने  कर्मचारीको माग छ।  डा. लोहनी स्वास्थ्य मन्त्रालयको नीति तथा अनुगमन विभाग प्रमुखमा रहँदा अस्पताल विरोधी गतिविधिमा संलग्न रहेकाले उनीबाट कुनै सुधार नहुने कर्मचारीहरूको भनाइ छ।  कोभिड युनिफाइड अस्पतालको प्रशासकीय प्रमुखका लागि १२ तहको योग्यता तोकिएको छ। डा. लोहनी गत महिना मात्रै १२ औं तहमा बढुवा भएका थिए । 

ताजा अपडेट

नेपालवाच विशेष