अन्ततः नेपाली दूतावासबाट हटे भारतीय सुरक्षाकर्मी

काठमाडौं । अन्ततः नयाँ दिल्लीस्थित नेपाली दूतावास परिसरमा रहेका भारतीय सुरक्षाकर्मी हटेका छन् । वर्षौंदेखि त्यहाँ रहेका उनीहरूलाई नेपाली दूतावासले भारत सरकारलाई लगातार आग्रह गर्दैै आएको थियो । यसै अनुरोधलाई स्वीकार गर्दै हालैमात्र उनीहरूलाई भारत सरकारले नै हटाएको नेपाली दूतावासनिकट स्रोतले जनाएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासभित्रै १० जना भारतीय सुरक्षाकर्मी बस्दै आएका थिए । विदेशी राष्ट्रको दूतावासभित्र सम्बन्धित देशबाहेकका सुरक्षाकर्मी बस्नु कूटनीतिक मर्यादाविपरीत भएको बताइएको छ ।
प्रतिक्रिया