NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

नेपाल बहुउदेश्यीय सहकारीको साधारणसभा स्थगित 

काठमाडौं । नेपाल बहुउदेश्यीय केन्द्रीय सहकारी संघको बुधबार हुने तय निर्वाचनसहितको  नऔँ वार्षिक साधारणसभा अनिश्चिकालका लागि स्थगित भएको छ । संघले आज एक सूचना जारी गरी साधारणसभा स्थगित गरिएकोबारे जानकारी गराएको हो । संघले नेपालमा तीव्र रुपमा फैलिँदै गएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओम्रिक्रोन र सरकारको निर्देशन पालना गर्दै साधारणसभा स्थगित गरिएको जनाएको छ । ‘हाल देशमा कोरोनाको नयाँ भेरियन्टको संक्रमण फैलिँदै गएको र त्यसका विरुद्घ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसिसी)ले गरेको निर्णय पुस २५ गते गृह मन्त्रालयमा सिफारिस गरेको र उक्त सिफारिसपश्चात मत्रालयको पुस २६ गते जारी गरेको सूचना र २७ गते काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनाबमोजिम सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिसको उपस्थितिमा कुनै पनि कार्यक्रम, भेला, महोत्सवलगायतका कार्य नगर्न सूचना जारी गरेको हुँदा सहज परिस्थितिपश्चात संघको साधारणसभाको मिति तय गरी सम्पूर्ण सदस्य÷संघ संस्थाहरुलाई सूचना गराइने व्यहोरा जानकारी गराउँछौँ’ सूचनामा भनिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष