एनिभर्सरीकाे जाेशमा हाेस गुमाउँदा पतिलाई अस्पताल पुर्याउनुपर्यो

काठमाडौं । एक जोडीले जोशमा होस गुमाउँदा गम्भीर दुर्घटना भएको छ । बेलायतको लिभपरपुलमा रहँदै आएको एक जोडीले आफ्नो वैवाहिक जीवनको तेस्रो वर्षगाँठ बनाउनका लागि निकै उत्सुकताका साथ तयारी गरे । उत्साहका बेला पतिलाई दबाव महसुस भयो । उनले अनलाइनमार्फत भियाग्रा अर्डर गरेका थिए । त्यसपछि उनले मदिरा सेवन गरे । पहिले मदिरा सेवन गरे र त्यसपछि भियाग्रा पनि खाए । त्यसपछि ती पुरुष यौन सम्बन्ध बनाउनका लागि उत्सुक भए । तर, यौन सम्बन्धका बेला उनी रक्ताम्य बने । दुर्घटनामा पुरुषको यौनांग फ्याक्चर नै भयो । उनकी पत्नीले तत्काल अस्पताल पुर्याइन् । अहिले विस्तारै उनको अवस्था ठिक हुँदै गएको स्थानीय समाचार संस्थाले जनाएका छन् । द सनको रिपोर्टअनुसार २५ वर्षीया मेकअप आर्टिस्ट इजाबेल उल्फ र उनका पति रोब एन्ड्रयूले आफ्नो तेस्रो वर्षगाँठ बनाउनका लागि तयारी गरेका थिए । यसका लागि उनले सहरभन्दा टाढा एक होटल बुक गरे । यस दिनलाई खास बनाउनका लागि दुवै जनाले होटलमा आफ्नो साथमा धेरै वस्तु लिएर गए । केही बेरमा दुवैजना सँगै बसेर मदिरा सेवन गरे । तीन बोतल मदिरा पिएपछि दुवै जना नशाले झुमेका थिए । यसै रोमान्टिक पललाई थप उत्साहपूर्ण बनाउन खोज्दा उक्त दुर्घटना भएको हो । चिकित्सकका अनुसार यौनांग फ्याक्चर भएको थियो । केही दिन उपचारपछि रोबको अवस्था सामान्य बनेको चिकित्सकले बताएका छन् । यौन सम्बन्ध बनाउने क्रममा होस गुमाउने खबर यो मात्र नयाँ भने होइन । गत वर्ष बेलायतमै यस्तै एक अर्को घटना पनि समाचारमा आएको थियो ।
प्रतिक्रिया