NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

ओमिक्रोनका सुरुवाती लक्षण कस्ता देखिन्छन् ? 

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण यतिबेला तीव्र गतिमा फैलिरहेको छ । यद्यपि ओमिक्रोन अन्य भेरियन्टभन्दा घातक नभएको पनि पटक–पटक बताइएको छ ।  तर, अहिले पनि यस भाइरसबारे स्वास्थ्य विषेशज्ञ कुनै निष्कर्षमा पुगेका छैनन् । सोधकर्ता यसबारे अध्ययन गरिरहेका छन् । यही कारण स्वास्थ्यकर्मी पनि स्वास्थ्य मापदण्ड पालनाका लागि पटक–पटक अनुरोध गरिरहेका छन् ।  ओमिक्रोनका कारण अधिकांश देशले स्वास्थ्य मापदण्ड पालनामा निकै कडाइ गरेका छन् । कैयौं क्षेत्रमा त लकडाउन पनि जारी गरिएको छ । यसको संक्रमणदर निकै उच्च छ । यद्यपि अहिलेसम्मको अवस्था हेर्ने हो भने यसबाट गम्भीर बिरामी हुने समस्या भने कम देखिन्छ ।  अमेरिकाको के एल स्कूल अफ मेडिसिनमा सहायक प्रोफेसर रहेका जर्ज मोरेनोले एक वक्तव्य जारी गर्दै ओमिक्रोनका लक्षण र यसबाट बच्ने उपायबारे सुझाएका छन् । सुरुवाती बिरामीमा कस्ता कस्ता लक्षण देखिन्छन् भनेर उनले उल्लेख गरेका छन् ।  –सबैभन्दा पहिला गलामा सुख्खापन देखिनेछ । खोकी लाग्ने र तिव्र जलनको महसुस हुनेछ ।  –यसपछि नाक बन्द हुने, सुख्खा खोकी लाग्ने जस्ता समस्या देखिन्छन् । अर्थात सुरुवाती चरणमा अपर रेस्पोरेटरी ट्रयाक्टसँग जोडिएका समस्या देखिन सक्छन् ।  –त्यसपछि शरीर दुख्न सुरु हुनेछ । शरीरमा गल्ने तथा विभिन्न समस्या देखिन सक्छन् । अल्छी लाग्नु, शरीर भारी महसुस हुनु पनि ओमिक्रोनका लक्षण हुनसक्छन् ।  ओमिक्रोन जुन तरिकाले शरीरमा हावी हुँदैछ, यसबारेमा विभिन्न देशका स्वास्थ्य विज्ञका राय भिन्न–भिन्न छन् । यस भाइरसबाट संक्रमित भएका मानिसलाई सबैभन्दा पहिला गलामा समस्या देखिनेछ । स्वास्थ्य विज्ञका अनुसार गलाको सुख्खापनले खोकी र टाउको दुख्ने समस्या सँगै लिएर आउँछ ।  तर, पहिलेका भेरियन्टजस्तो यस भाइरसको संक्रमणपछि स्वाद हराउन र सुघ्ने शक्तिमा क्षय हुने भने देखिएको छैन ।    

ताजा अपडेट

नेपालवाच विशेष