NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

केएमसीका विद्यार्थीको आन्दोलनप्रति संयुक्त विद्यार्थी संगठनको ऐक्यबद्धता

काठमाडौं । शुल्क बृद्धिको विरोधमा काठमाडौं मेडिकल कलेज (केएमसी)का विद्यार्थी अहिले आन्दोलनरत छन् । केएमसीमा एमबिबिएस अध्ययनरत विद्यार्थीहरू कलेजले बढी शुल्क लिएको विरोधमा रिले अनसन बसिरहेका छन् । यसैबीच, संयुक्त विद्यार्थी संगठनले आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । आज  सिनामंगलस्थित केएमसी पुगेर विद्यार्थी संगठनहरू ऐक्यबद्धतासँगै  प्रदर्शनसमेत गरेका छन् ।  जसमा नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुुलीलगायत नेता थिए । अध्यक्ष पराजुलीले विद्यार्थीले जायज मागलाई तत्काल पूरा गर्नुपर्ने बताए । यसअघि पनि विभिन्न सात विद्यार्थी संगठनले विभिन्न मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति समर्थन गर्दै माग पूरा गर्न दबाब दिने निर्णय गरेको थियो ।  

ताजा अपडेट

नेपालवाच विशेष