NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

एकैदिन तीन हजार काेराेना संक्रमित थपिए

काठमाडौं । पछिल्लो एक सातायता दैनिक दोब्बर वृद्धि हुँदै गएको कोरोना संक्रमितको संख्यामा मंगलबार भारी वृद्धि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा तीन हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  १३ हजार ३६ जनामा गरिएको परीक्षणमा तीन हजार ७५ जना संक्रमित थपिएका छन् । यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसबाट २७८ जना निको भएर डिस्चार्ज भएका छन् ।  मन्त्रालयका अनुसार मंगलबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०९ पुगेको छ ।  यस्तै देशभर हाल ११ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् । २१८ संक्रमित भने क्वारेन्टाइनमा रहेका छन् ।   

ताजा अपडेट

नेपालवाच विशेष