NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक, तीन एजेण्डामा छलफल हुने

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको छ । प्रमुख निर्वाचन  दिनेशकुमार थपलियाले राष्ट्रियसभा निर्वाचन, स्थानीय तहको निर्वाचन तथा मतदाता नामावली संकलनको विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  पौडेलको अनुसार शुक्रबार बिहान ११ः३० मा निर्वाचन आयोगको कार्यलयमा बैठक बोलाएको बताएका छन् । ‘कोरोना महामारी फैलिएको अवस्थामा राष्ट्रियसभा निर्वाचन कसरी गर्ने, मतदाता नामावली संकलनको विषयमा के गर्ने भन्ने विषयमा छलफल गर्न आयोगले सर्वदलीय बैठक  बोलाएको हो । ‘यस्ता विषयमा आयोग एक्लैले केही गर्न सक्दैन । सरकारले निर्वाचन घोषणा गर्ने व्यवस्था छ । यद्यपि, आयोगसँग परामर्श पनि गर्नुपर्छ । आयोगले परामर्श दिने हो’, नेपालवाचसँग पौडेलले भने, ‘सामान्यतया यस अघिका अभ्यास र विद्यामान कानूनमा टेकेर हेर्दा एकैपटक चुनाव हुन सम्भव देखिदैन । सबैसँग परामर्श गर्दा जस्तौ निर्णय आउँछ त्यही अनुसार आयोग अगाडि बढ्छ ।’ निर्वाचन गराउन बजेट र जनशक्ति अभाव रहेको अवस्थामा कोरोना महामारीको चुनौति थपिएको भन्दै उनले सबै स्थितिलाई मुल्याङकन गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।  

ताजा अपडेट

नेपालवाच विशेष