NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

नारायणहिटी प्रकरण : दाहालमाथि कारबाहीका लागि अख्तियार र प्रहरीलाई पत्राचार 

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका तत्कालीन कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।  नारायणहिटी दरबार संग्रहालय परिसरको भवन र जमिन क्याफटेरिया सञ्चालनका लागि बतास समूहलाई ठेक्कामा दिँदा दाहालको मिलेमतो रहेको छानबिन समितिको प्रतिवेदनले औंल्याएको छ ।  प्रतिवेदन सार्वजनिक गर्दै पर्यटनमन्त्री प्रेम आलेले निर्देशक मुख्य दोषी रहेको बताएका थिए । बुधबार मन्त्रालयले कारबाहीका लागि अख्तियार र नेपाल प्रहरीलाई पत्राचार गरेको हो ।   

ताजा अपडेट

नेपालवाच विशेष