NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

स्याङ्जामा चक्कु प्रहार गरी १६ महिने बालकको हत्या 

स्याङ्जा । स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहार गरी हत्या गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेमा १६ महिने बालक साइमन गुरुङको चक्कु प्रहार गरी हत्या भएको हो ।  नेपाल प्रहरीका अनुसार हत्या अभियोगमा एउटै घरमा डेरा गरी बस्ने पर्वत पैयु गाउँपालिका–५ का ३३ वर्षीय जितेन्द्र गुरुङलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको छ ।  जितेन्द्रले डेरामा बस्दै आएका सिर्सिकोट घर भएकी रनयाँ गुरुङका १६ महिने छोरा साइमन र उनकी ५ वर्षीया छोरी साइना गुरुङमाथि चक्कु प्रहार गरेका थिए ।  उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी स्याङ्जाबाट टोली खटिएको थियो । घटनास्थल पुग्दा गम्भीर घाइते भएका साइमनलाई नजिककैको प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।  उपचारकै क्रममा उनको मृत्यु भएकाे थियो । यस्तै, अर्की घाइते साइनाको भने सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । प्रहरीले हत्याको कारण खुल्न नसकेको र अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान जारी राखिएको जनाएको छ । 

ताजा अपडेट

नेपालवाच विशेष