NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

ग्लोबल आइएमई बैंकले गर्‍यो डिजिटल बैंकिङ्गसम्बन्धी साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, कान्तिपथ शाखाले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रममा करिब २५० जना सहभागी थिए । कम समयमै छिटो–छरितो र घरमै बसेर बैंकिङ्ग सेवा लिन पाउने सहजताको लागि यो कार्यक्रम गरिएको बैंकले जनाएको छ । स्थानीय तहसम्म नै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका कार्यक्रम गरिएको बैंकको दाबी छ । देशभरका ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित गराउने बैंकले लक्ष्य लिएको छ । आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाका बारेमा सर्वसाधारणलाई जानकारी दिन जरुरी रहेको बैंकले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष