श्रीमतीको हत्या गरी फरार श्रीमान सात वर्षपछि पक्राउ

कपिलवस्तु । श्रीमतीको हत्या गरेर फरार रहेका पुरुष सात वर्षपछि पक्राउ परेका छन् । भारतको सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्साका ३० वर्षीय मुलायम चमार भन्ने सिकन्दर चमारलाई घटना भएको सात वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ । २०७१ फागुन ३० गते चमारले २१ वर्षीया श्रीमती किसलावती चमारलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका–६ श्रीनगरस्थित सुसुरालीमा हत्या गरेका थिए । सोही राति खेतमा लगेर हत्या गरेको र शवमा आगो लगाएर चमार फरार भएका थिए । उनी नेपाल आउँदै गरको भन्ने सूचनामा आधारमा खटिएको प्रहरीले कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरबाट पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया