NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

हाम्रै सौर्यमण्डलका दुई रहस्यमय ग्रह, जहाँ हिराको वर्षात हुन्छ 

काठमाडौं । अन्तरिक्षमा अनेक प्रकारका ग्रह रहेका छन् । जम्मा ८ वटा ग्रह रहेको हाम्रो सौर्यमण्डलमै पनि रहस्यमय ग्रह छन् । जसबारे आजसम्म वैज्ञानिकले पूरा जानकारी लिन सकेका छैनन् । यस्तै एक नयाँ विषय पत्ता लागेको छ ।  हाम्रो सौर्यमण्डलका दुई ग्रहमा भारी मात्रामा हिराको वर्षा हुने गरेको पाइएको छ । ती दुई ग्रह हुन्, अरुण र बरुण, जहाँ हिराको वर्षात हुने वैज्ञानिकको दावी छ । यी दुवै ग्रहमा हाइड्रोजन, हिलियम र भारी मात्रामा मिथेन ग्यास पाइन्छ । अरुण ग्रह पृथ्वीभन्दा १७ गुणा ठूलो रहेको भने बरुण १५ गुणा । वायुमण्डलीय दबावका कारण यहाँ हिराको वर्षात हुने गरेको वैज्ञानिकको दावी छ । दबावका कारण हाइड्रोजन र कार्बनडाइअक्साइट छुट्टिन्छन् । कार्बनले भने उच्च दबावमा हिराको रुप धारण गरेर वर्षा हुने गर्दछ ।  वैज्ञानिकले एक प्रयोगको आधारमा यस्तो दावी गरेका छन् । बरुण र अरुण ग्रहको आकार र संरचना निकै फरक छन् । अरुणमा मिथेनको मात्रा बढी छ । वातावरणको दबावका कारण हाइड्रोजन मिथेनबाट अलग हुन्छ । बाँकी रहेको कार्बन भने उच्च दबावका कारण हिरामा परिणत हुन्छ । यो प्रक्रिया पृथ्वीमा वायुमण्डलीय दबावमा हुने जलवाष्पको प्रक्रिया जस्तै हो । जसरी पृथ्वीमा अशिनाको निर्माण हुन्छ । यस्तै बरुणमा जमेको मिथेन ग्यास बढी पाइन्छ । यहाँको बादल पनि मिथेनकै हुन्छ । बरुण दूरीका हिसाबले सूर्यभन्दा सबैभन्दा पछिको ग्रह हो । जसको तामान माइन २०० डिग्री सेल्सियसको आसपासमा रहन्छ । यहाँ चल्ने हावाको रफ्तार पनि २५ सय किलोमिटर प्रतिघण्टा चरहेको छ । वायुमण्डलमा संघनित कार्बन भएका कारण यहाँ हिराको वर्षात देख्न सकिन्छ ।  यदि मानिसले चाह्यो भने पनि अत्यधिक दूरी र चरम परिस्थितिका कारण यी ग्रहमा पहुँच बनाउन सम्भव देखिँदैन । वैज्ञानिक थ्योरीअनुसार शनि ग्रहमा पनि हिराको वर्षा हुनसक्छ । किनकी यहाँ पनि मिथेनको बादल रहेको छ । 

ताजा अपडेट

नेपालवाच विशेष