चन्द्रमामा पानी भएको ठोस प्रमाण भेटियो

काठमाडौं । लामो समयदेखि वैज्ञानिक चन्द्रमामा पानी भएकोबारे अध्ययन गरिरहेका छन् । तर, पछिल्लो अध्ययनमा भने चन्द्रमामा पानी रहेको ठोस प्रमाण फेला पारेको छ । चन्द्रमाको कक्षामा घुमिरहेको स्याटलाइटका माध्यमबाट त्यहाँ पानी रहेको जानकारी पाइएको हो । पहिलोपटक चन्द्रमामा पानीको उपस्थितिलाई लिएर पक्का खबर सार्वजनिक भएको हो । एक रिपोर्टअनुसार चन्द्रमामा चीनको चाङई–५ प्रोबद्वारा अनसाइट निरीक्षणमा पानी रहेको प्रमाण फेला परेको छ । प्रोबले जम्मा गरेको नमुना परीक्षण गरिएको छ । उक्त नमुना गत डिसेम्बरमा लिइएको थियो । उक्त प्रोबले लिएको नमुना जााच गर्दा चन्द्रमामा पानी एक बोल्डरमा १८० पीपीएम अर्थात प्रतिमिलिन भागको आद्रता पाइएको छ । पृथ्वीको तुलनामा अधिक शुस्क हो । तर, स्पष्ट रुपमा भने चन्द्रमामा पानीको मात्रा रहेको वैज्ञानिकले दावी गरेका छन् । जाँचद्वारा गरीको विश्लेषणमा भट्टान, भूमिगत ज्वालामुखिको परिणामका कारण आद्रता पाइएको हो । चन्द्रमाको आन्तरिक भागमा भने पानीको मात्रा अधिक रुपमा हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया