बतासको पक्षमा पोखरा उद्योग वाणिज्य संघको विज्ञप्ति, व्यवसायीको मनोबल गिराउन खोजेको आरोप

काठमाडौं । नारायणहिटी संग्रहालयको प्रकरणपछि बतास अर्गनाइजेशनले अन्य पुरातात्विक क्षेत्रमा पनि व्यवसायका नाममा कब्जा गरेका समाचार सञ्चार माध्यममा आएका छन् । बतास अर्गनाइजेशनले यस विषयमा आफूले नियमसंगत तरिकाले व्यवसाय गरेको स्पष्ट पारिसकेको छ । साथै राज्यलाई क्षतिपूर्ति दिएर फिर्ता लैजान चुनौती पनि दिएको छ । यसैबीच पोखरा उद्योग वाणिज्य संघले एक विज्ञप्ति जारी गर्दै बतास समूहको बचाउ गरेको छ । साथै बतासविरुद्ध आएका समाचारप्रति पनि आपत्ति जनाएको छ । नियमसंगत तरिकाले लगानी गरेर व्यवसाय गरिरहेका व्यवसायीहरूमाथि राज्य तह र सञ्चार माध्यमबाट बनोबल गिराउन काम भएको भन्दै संघले आपत्ति जनाएको हो । अहिलेको प्रहार व्यक्तिमाथि नभएर व्यवसायीमाथि नै भएको भन्दै तत्काल यस्ता कार्य रोक्न संघले सरकारसँग आग्रह गरेको छ ।
प्रतिक्रिया