सिंहदरबार प्रवेशमा दिइएका सबै पास खारेज

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंह दरबार प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले ओमिक्रोन भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रवेशका लागि दिइएका सबै प्रकारका पास खारेज गरेको छ । बुधबार साँझ सूचाना जारी गर्दै मन्त्रालयले भनेको छ, ‘मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्रपत्र खारेज गरिएको छ ।’ अब कुनै पनि निकायले अब नयाँ अस्थायी पास वा परिपत्रपय जारी गर्नु परेमा गृह मन्त्रालयको पूर्व सहमति लिनुपर्ने सूचनामा उल्लेख छ । मन्त्रालयले बुधबार जारी गरेको सूचनाअनुसार सरसफाइसँग सम्बन्धित व्यक्तिहरुको हकमा यसअघि जारी भएको पासकै आधारमा प्रवेश दिइनेछ भने पत्रकारहरुले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा प्रवेश पाउनेछन् ।
प्रतिक्रिया