NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

एकै दिन देशभर ८ जना मृत फेला 

  काठमाडौं । काठमाडौंमा दुईसहित विभिन्न जिल्लामा आज आठ व्यक्ति मृत फेला पका छन् । काठमाडौंसहित सङ्खुवासभा, नवलपरासी (पश्चिम), ताप्लेजुङ, तेह्रथुम, सिरहा, नवलपरासी (पूर्व) मा यसरी मानिसको मृत्यु भएको हो ।    यसैबीच सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ डडारे बस्ने ४० वर्षीय महेश राई मृत भेटिएका छन् । बिरामी भई डडारेस्थित जगत राईको घरमा सुतेका उनको शव वरण्डामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ । नवलपरासी ९पश्चिम०, बर्दघाट नगरपालिका–५ बस्ने २८ वर्षीय दिनेश थारु घर नजिकैको खेतमा र नवलपरासी ९पूर्व०, मध्यबिन्दुस्थित नारायणी नदीको भङ्गालोमा एक पुरुष मृत भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।  यस्तै ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका–५ पेदाङ बस्ने ६७ वर्षीय टीकाराम राई आफ्नै घर नजिकै मृत भेटिएका प्रहरीले जनाएको छ । उनी मिलमा गएकामा बेलुकासम्म नफर्कीएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । तेह्रथुमको फेदाप गाउँपालिका–१ भोगटेनी बस्ने ५५ वर्षीय लाइनबहादुर लिम्बु सोही ठाउँस्थित कालिदह भिरमुनि मृत भेटिएका हुन् । मङ्गलबार मिस्त्रि काम गर्न गएकामा घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।  यता सिरहाको मिर्चैया नगरपालिका–७ भालुखोलाको किनारमा परिचय खुल्न नसकेका करिब ४० वर्षीया महिला मृत अवस्थामा फेला परेको जनाइएको छ । सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

ताजा अपडेट

नेपालवाच विशेष