हवल्दारमा बढुवा नेपाल प्रहरीका ७०२ को पदस्थापना

काठमाडौं । जवानबाट हवल्दारमा बढुवा ७०२ जनाको पदस्थापना भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार उनीहरूको पदस्थापना गरेको हो । प्रचलित नियमअनुसार, तलब भत्ता तथा रासनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पजनी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा परेकालाई हाल कार्यरत कार्यालयबाट ७ दिनभित्र तोकिएको स्थानमा पठाउन पनि प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ ।
प्रतिक्रिया