NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

काठमाडौंमा वर्षा, दिउँसो सफा हुने

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले  काठमाडौंमा ३ मिलिलिटर वर्षा भएको जनाएको छ। बुधबार(हिजो) रातिदेखि वर्षा भएपछि काठमाडौं लगायत देशैभरको मौसम चिसिएको छ। आज विहानको तापक्रम ६ डिग्रीसेल्सियस रहेको छ  भने न्यूनतम तापक्रम पनि ६ डिग्री नै मापन गरिएको छ। मौसमविद् मञ्जु बासीका अनुसार आज दिउँसोको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म रहने छ भने मौसम सामान्यता सफा रहने छ । ‘गए राति काठमाडौंमा ३ मिलिलिटर वर्षा भएको छ । यसले गर्दा केही चिसो बढेको छ,’ उनले भनिन्, ‘तर, दिउँसो भने मौसम सफा रहने देखिएको छ । मौसम खुल्नेछ र देशका केही स्थानबाहेक सबै भू–भागमा मौसम सफा रहन्छ।’  हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भू–भागमा सामान्य बदली रहेको छ। प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ। यसका साथै देशभर चिसो बढ्ने देखिएकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

ताजा अपडेट

नेपालवाच विशेष