अब अफगानिस्तानको आर्थिक वर्ष मार्चबाट

काठमाडौं – तालिबानले अफगान क्यालेन्डरको नयाँ वर्ष ‘हमाल’ (मार्च २१ वा २२) बाट आर्थिक वर्ष सुरु गर्ने निर्णय गरेको छ । अफगानिस्तानको अघिल्लो सरकारको शासनकालमा करिब एक दशकअघि देशको आर्थिक वर्ष क्यालेन्डरको १० औं महिना ‘जड्डी’ (डिसेम्बर २१ वा २२ देखि) सुरु गरिएको थियो। यो अंग्रेजी क्यालेन्डरसँग तालमेल राख्नको लागि गरिएको हो। तर अब अफगानिस्तानको नयाँ तालिबान सरकारले अघिल्लो सरकारको निर्णय परिवर्तन गर्ने निर्णय गरेको छ । पश्चिमका धेरैजसो देशहरूमा आर्थिक वर्ष यही समय अर्थात अप्रिलमा सुरु भएर मार्चमा समाप्त हुन्छ। तालिबानले डिसेम्बरमा आगामी आर्थिक वर्षको बजेटलाई अन्तिम रूप दिएको र अनुमोदनका लागि मन्त्रिपरिषद्मा पठाउने बताएको थियो। यसैबीच, तालिबानले आफूहरूले देशको घरेलु स्रोतबाट बजेट उठाएको बताएको छ। ‘सबै सरकारी कर्मचारीहरूलाई आर्थिक वर्षको अन्त्य हुनु अघि विगत तीन महिनाको तलब दिइनेछ र प्रत्येक महिना तलब दिइनेछ,’ तालिवान अर्थ मन्त्रालयका प्रवक्ता अहमद वली हकमलले डिसेम्बरमा भनेका थिए । अफगानिस्तानमा तालिबान आएदेखि सरकारी कर्मचारीले एक महिनाको तलब मात्र पाएका छन् भने हजारौं सरकारी कर्मचारी बेरोजगार भएका छन्।
प्रतिक्रिया