NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

बार्सिलोनालाई हराउँदै रियल मड्रिड सेमी फाइनलमा 

काठमाडौं । रियल मड्रिडले बार्सिलोनालाई पराजित गर्दै स्पेनिस सुपर कप फुटबलको सेमी फाइलनमा स्थान बनाएको छ।  बुधबार राति सम्पन्न खेलमा रियलले आफ्नाे परिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ को गोल अन्तरमा स्तब्ध पारेको हो ।  निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको २५ औं मिनेटमा रियलले एक गोल गर्दै गोलको खाता खोलेको थियो । रियलका लागि पहिलो गोल भिनिसियस जुनियरले गरे । तर ४१ औं मिनेटमा  बार्सिलोनाले अर्को गोल फर्काएर खेललाई बराबरीमा झार्यो ।  खेलको ७२ औं मिनेटमा रियलले फेरि अर्को गोल गरेर अग्रता बनायो । तर आन्शु फातीले ८३ औं मिनेमा बार्सिलोनाका लागि गोल गर्दै खेललाई रोमाञ्चक मोडमा धकेलिदिए ।  निर्धारित समयमा दुवैले जित निकाल्न नसकेपछि अतिरिक्त समयमा धकेलियो । ९८ औं मिनेटमा रियलले गोल गर्दै बार्सिलोनालाई स्तब्ध पार्यो ।  स्पेनिस सुपर कपको सेमिफाइनल बिहीबार र फाइनल आइतबार हुँदैछ ।

ताजा अपडेट

नेपालवाच विशेष