बेलायती प्रधानमन्त्रीले जनतासँग किन मागे माफी ?

काठमाडाैं – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सर्वसाधारणसँग माफी मागेका छन्। प्रधानमन्त्री जोन्सनले महामारीसँग लड्नका लागि नियम बनाएका व्यक्तिले नै नियमको पालना नगरेको भन्दै माफी मागेका हुन्। उनले आफ्नो सरकारी निवास १० डाउनिङ स्ट्रिटमा मदिरा पार्टी गरेकोमा माफी मागेका हुन्। यो पार्टी मे २०२० मा कोरोना महामारीको समयमा भएको थियो। त्यो अवधिमा महामारीसँग सम्बन्धित प्रतिबन्धहरू जारी थिए। पछिल्लो दुई दिनदेखि बेलायतमा यो मुद्दा चर्किएको थियो । तर, प्रधानमन्त्री निवासको कार्यालयले भने यस सम्बन्धमा सोधिएको प्रश्नलाई अहिलेसम्म छानबिन भइरहेको भन्दै स्थगित गरेको थियो । ‘प्रधानमन्त्रीलाई प्रश्न’ कार्यक्रममा बोरिस जोनसनले आफूले माफी माग्न चाहेको बताएका थिए। उनले यस सम्बन्धमा भइरहेको अनुसन्धानको निष्कर्ष के होला भन्न नसकिने तर धेरै कुरा सही नभएको भन्दै आफू जिम्मेवार रहेको बताए ।
प्रतिक्रिया