बेस्टह्यामकाे सहज जित

काठमाडाैं – बेस्टह्याम युनाइटेडसँग निर्विच सिटी पराजित भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति सम्पन्न खेलमा निर्विचलाई युनाइटेडले २–० गोल अन्तरमा स्तब्ध पारेको हो । बेस्टह्यामको जितमा दुवै गोल बोवेनले गरे । उनले ४२ औं र ८३ औं मिनेटमा गरेका हुन् । योसँगै बेस्टह्यामले २१ खेलबाट ३७ अंक बटुलेर चौथो स्थानमा उक्लिन सफल भएको छ । निर्विचसँग भने मात्रै १० अंक छ।
प्रतिक्रिया