रातभर : बेलायती प्रधानमन्त्रीको माफी, धर्म परिवर्तन गराउने आमा पक्राउ

काठमाडाैं – रातको समय शान्त हुन्छ। मानिसहरू विश्राम लिन्छन्। र पनि घटनाहरू घटिरहन्छन्। ०७८ पुस २८ गते राति भने एकाध घटना, दुर्घटनाबाहेक देश शान्त रह्यो। विदेशमा पनि उल्लेखनीय घटना भएको समाचार प्रकाशमा आएको छैन। अब अफगानिस्तानको आर्थिक वर्ष मार्चबाट तालिबानले अफगान क्यालेन्डरको नयाँ वर्ष ‘हमाल’ (मार्च २१ वा २२) बाट आर्थिक वर्ष सुरु गर्ने निर्णय गरेको छ। अफगानिस्तानको अघिल्लो सरकारको शासनकालमा करिब एक दशकअघि देशको आर्थिक वर्ष क्यालेन्डरको १० औं महिना ‘जड्डी’ (डिसेम्बर २१ वा २२ देखि) सुरु गरिएको थियो। यो अंग्रेजी क्यालेन्डरसँग तालमेल राख्नको लागि गरिएको हो। तर अब अफगानिस्तानको नयाँ तालिबान सरकारले अघिल्लो सरकारको निर्णय परिवर्तन गर्ने निर्णय गरेको छ । पश्चिमका धेरैजसो देशहरूमा आर्थिक वर्ष यही समय अर्थात अप्रिलमा सुरु भएर मार्चमा समाप्त हुन्छ। तालिबानले डिसेम्बरमा आगामी आर्थिक वर्षको बजेटलाई अन्तिम रूप दिएको र अनुमोदनका लागि मन्त्रिपरिषद्मा पठाउने बताएको थियो। यसैबीच, तालिबानले आफूहरूले देशको घरेलु स्रोतबाट बजेट उठाएको बताएको छ। ‘सबै सरकारी कर्मचारीहरूलाई आर्थिक वर्षको अन्त्य हुनु अघि विगत तीन महिनाको तलब दिइनेछ र प्रत्येक महिना तलब दिइनेछ,’ तालिवान अर्थ मन्त्रालयका प्रवक्ता अहमद वली हकमलले डिसेम्बरमा भनेका थिए । अफगानिस्तानमा तालिबान आएदेखि सरकारी कर्मचारीले एक महिनाको तलब मात्र पाएका छन् भने हजारौं सरकारी कर्मचारी बेरोजगार भएका छन्। छोराका धर्म परिवर्तन गराउन खोज्ने आमा पक्राउ भारतको छत्तीसगढको जशपुर जिल्लाको सन्ना क्षेत्रमा नाबालिग छोरालाई सुन्नाह दिएर धर्म परिवर्तनको निवेदन दिएको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ । प्रहरीले मंगलबार राति यस विषयमा प्रारम्भिक प्रतिवेदन बुझाएको छ । आरोपित महिलाकी आमालाई पनि पक्राउ गरिएको छ । ‘बच्चाका बुबा चित्तरञ्जन सोनवानीको रिपोर्टको आधारमा यस घटनामा अहिलेसम्म दुई जनालाई पक्राउ गरिएको छ, केही व्यक्ति फरार छन्। उनीहरूलाई पनि पक्राउ गर्ने प्रयास भइरहेको छ,’ सन्नाका स्टेशन इन्चार्जले भने । प्रहरीका अनुसार सन्ना क्षेत्रका ३२ वर्षीय चित्तरञ्जन सोनवानीको करिब १० वर्षअघि मेहदी अन्सारीकी छोरी रेश्मासँग हिन्दू परम्पराअनुसार विवाह भएको थियो । उनीहरूका दुई सन्तान छन् । चित्तरञ्जनले घरमा हिन्दू रीतिरिवाज मात्र पालना भएको दाबी गरेका छन् । प्रहरीमा गरिएको उजुरीका अनुसार श्रीमानलाई खबर नगरी आमासहित रेश्मा गत वर्ष सुन्नाहको कर्म गराउन छिमेकी जिल्ला सुरगुजामा आठ वर्षीय छोरा सौरभसँग गएकी थिइन् । बेलायती प्रधानमन्त्रीले किन मागे जनतासँग माफी बेलायती प्रधानमन्त्री बोरिस जोनसनले माफी मागेका छन् । प्रधानमन्त्री जोन्सनले महामारीसँग लड्नका लागि नियम बनाएका व्यक्तिले नै नियमको पालना नगरेको भन्दै माफी मागेका हुन् । उनले आफ्नो सरकारी निवास १० डाउनिङ स्ट्रिटमा मदिरा पार्टी गरेकोमा माफी मागेका हुन् । यो पार्टी मे २०२० मा कोरोना महामारीको समयमा भएको थियो। त्यो अवधिमा महामारीसँग सम्बन्धित प्रतिबन्धहरू जारी थिए। पछिल्लो दुई दिनदेखि बेलायतमा यो मुद्दा चर्किएको थियो । तर, प्रधानमन्त्री निवासको कार्यालयले भने यस सम्बन्धमा सोधिएको प्रश्नलाई अहिलेसम्म छानबिन भइरहेको भन्दै स्थगित गरेको थियो । ‘प्रधानमन्त्रीलाई प्रश्न’ कार्यक्रम सुरु हुनेबित्तिकै बोरिस जोनसनले आफूले माफी माग्न चाहेको बताएका थिए । उनले यस सम्बन्धमा भइरहेको अनुसन्धानको निष्कर्ष के होला भन्न नसकिने तर धेरै कुरा सही नभएको भन्दै आफू जिम्मेवार रहेको बताए । बेस्टह्यामको सहज जित बेस्टह्याम युनाइटेडसँग निर्विच सिटी पराजित भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति सम्पन्न खेलमा निर्विचलाई युनाइटेडले २–० गोल अन्तरमा स्तब्ध पारेको हो । बेस्टह्यामको जितमा दुवै गोल बोवेनले गरे । उनले ४२ औं र ८३ औं मिनेटमा गरका हुन् । योसँगै बेस्टह्यामले २१ खेलबाट ३७ अंक बटुलेर चौथो स्थानमा उक्लिन सफल भएको छ । निर्विचसँग भने मात्रै १० अंक छ । रियल मड्रिडले बार्सिलोनालाई हरायो रियल मड्रिडले बार्सिलोनालाई पराजित गर्दै स्पेनिस सुपर कप फुटबलको फाइलनमा स्थान बनाएको छ । बुधबार राति सम्पन्न खेलमा रियलले आफ्ना परिचिति प्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ को गोल अन्तरमा स्तब्ध पारेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको २५ औं मिनेटमा रियलले एक गोल गर्दै गोलको खाता खोलेको थियो । रियलका लागि पहिलो गोल भिनिसियस जुनियरले गरे । तर ४१ औं मिनेटमा बार्सिलोनाले अर्को गोल फर्काएर खेललाई बराबरीमा झार्यो । खेलको ७२ औं मिनेटमा रियलले फेरि अर्को गोल गरेर अग्रता बनायो । तर आन्शु फातीले ८३ औं मिनेमा बार्सिलोनाका लागि गोल गर्दै खेललाई रोमाञ्चक मोडमा धकेलिदिए । निर्धारित समयमा दुवैले जित निकाल्न नसकेपछि अतिरिक्त समयमा धकेलियो । ९८ औं मिनेटमा रियलले गोल गर्दै बार्सिलोनालाई स्तब्ध पार्यो । स्पेनिस सुपर कपको सेमिफाइनल बिहीबार र फाइनल आइतबार हुँदैछ ।
प्रतिक्रिया