NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

५९ जिल्लामा एमालेको नेतृत्व टुंगियो, कहाँ को ?

काठमाडौं । नेकपा एमालेको ५९ जिल्लाले नेतृत्व पाएको छ ।  दुई गैरभौगोलिक जिल्लाको अधिवेशन पनि सम्पन्न भएको छ ।  पुस २३ बाट जिल्ला अधिवेशन सुरु भए पनि १८ जिल्लामा भने अझै गलफती छ । कुनैमा सहमतिको प्रयासले विलम्ब छ भने केहीमा मौसमका कारण अधिवेशन सम्पन्न हुन सकेको छैन ।  प्रदेश १ का सबै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने प्रदेश २ का सप्तरी र सिरहाबाहेकका ६ वटामा बाँकी छ ।  सहमति नजुटेपछि वाग्मतीका सिन्धुपाल्चोक र चितवनले अहिलेसम्म नेतृत्व पाउन सकेका छैनन् ।  गण्डकी प्रदेशमा मनाङ र मुस्ताङ, लुम्बिनीमा रुकुम पूर्व र रोल्पा कर्णालीका मुगु, हुम्ला, कालिकोट र दैलेखमा नेतृत्व चयन हुन बाँकी छन् । सुदूरपश्चिमका भने सबै जिल्लाको अधिवेशन सकिएको छ ।  प्रदेश-१ १. झापा- दीपक कार्की २. मोरङ- ऋषिकेश पोखरेल ३. खोटाङ- रामप्रसाद दंगाल ४. धनकुटा- इन्द्रमणि पराजुली ५. तेह्रथुम- तेजमान कन्दङवा ६. पाँचथर- राजकुमार भण्डारी ७. भोजपुर- शरण राई ८. इलाम- महेश बस्नेत ९. साेलुखुम्बु- डुफकुमार बास्ताेला १०. उदयपुर- प्रमेश्वर घिमिरे ११. ओखलढुंगा- शंकर कटुवाल १२. ताप्लेजुङ- भुपेन्द्र थेबे १३.संखुवासभा- जीतबहादुर घिमिरे  प्रदेश-२ १. सप्तरी – ताराकान्त चौधरी​ २‍.सिरहा – चन्द्रेश्वर मण्डल   वाग्मती प्रदेश १. धादिङ- भूमि त्रिपाठी २. काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु ३. भक्तपुर- बचन देउजा ४. रसुवा- कर्णेल तामाङ ५. रामेछाप- आनन्दकुमार श्रेष्ठ ६. नुवाकोट- बद्री मैनाली ७. मकवानपुर- एकलाल श्रेष्ठ ८. काठमाडाैं – दीपक निराैला ९. ललितपुर- पुरुषोतम आचार्य १०. सिन्धुली- कुमारबहादुर कार्की ११. दोलखा- नरबहादुर श्रेष्ठ गण्डकी प्रदेश १. गोरखा- प्रेम गुरुङ २. तनहुँ- श्रीप्रसाद श्रेष्ठ ३. म्याग्दी- देवेन्द्र केसी ४. लमजुङ- कृष्णप्रसाद अधिकारी ५. बाग्लुङ- हिराबहादुर केसी ६. पर्वत- राजु पौडेल ७‍. नवलपुर- मुक्ती पाण्डे १०.कास्की- मनबहादुर गुरुङ ११.स्याङ्जा- सूर्यप्रसाद गैरे ‘पारस’ लुम्बिनी प्रदेश १. पाल्पा – धनेन्द्रराज घिमिरे २. गुल्मी – बालकृष्ण काउछा मगर ३. अर्घाखाँची- पिताम्बर भुसाल ४. बाँके- किस्मत कुमार कक्षपती ५. बर्दिया- लालबहादुर श्रेष्ठ ६. दाङ- हुकुमबहादुर बस्नेत ७. रुपन्देही- तेजेन्द्र केसी ८. कपिलवस्तु- डम्मर शर्मा  ९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी  १०. प्यूठान- विजयविराज विष्ट कर्णाली प्रदेश १. डोल्पा- शेरबहादुर बुढा २. सल्यान- गोविन्द पुन मगर ३. जुम्ला – शान्तिलाल महत ४ रूकुम (पश्चिम भाग) – नन्दराम देवकाेटा ५. जाजरकोट- खिमबहादुर शाही  ६. सुर्खेत- अमृत बिसी सुदूरपश्चिम प्रदेश १. डडेल्धुरा – प्रकाश साउद २. बैतडी – सुरेन्द्र पाल ३. डोटी- चक्र मल्ल ४. कैलाली – रतन थापा ५. बाजुरा- कालीबहादुर शाही ६. अछाम-  चन्द्रबहादुर बोहरा ७. दार्चुला- प्रेमसिंह धामी ८. कञ्चनपुर-सुरेन्द्र बिष्ट गैर भौगोलिक (विशेष) जिल्ला १. मजदूर विशेष- जितेन्द्र श्रेष्ठ २. पेशागत विशेष- उमेश ढकाल

ताजा अपडेट

नेपालवाच विशेष