NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

स्थायी जागिरको नियुक्तिपत्र थमाउन इञ्जिनियर खोज्दै प्राधिकरण 

काठमाडौं – कोभिड–१९ महामारीले सबै क्षेत्र अस्तव्यस्त छन् । यसको सबैभन्दा ठूलो दुस्प्रभाव अर्थतन्त्रमा छ । अर्थतन्त्र लयमा फर्कंन नसक्दा रोजगारी खुम्चिएको छ । जसले वेरोजगार हुनेको संख्या बढाएको छ ।  वेरोजगारी दर बढिरहेका बेला सरकारी जागिर अस्वीकार गर्ने कल्पना गर्न सकिँदैन । तर केही सरकारी कार्यालयमा स्थायी सेवामा नाम निकाल्न सफल भएका सम्पर्कमा आएका छैनन् ।  नेपाल विद्युत् प्राधिकरणको सातौं तहमा नाम निकाल्न सफल दुई इञ्जिनियर नियुक्तिपत्र बुझ्न नआएपछि उसले निरन्तर ताकेता गर्दै आएको छ। प्राविधिक इलेक्टिक मनिष प्याकुरेल र प्राविधिक मेकानिकल सेवाका शुभेक्षा सापकोटा नियुक्तिपत्र बुझ्न नआएपछि सूचना जारी गरेर बोलाइएको तथापि हालसम्म सम्पर्कमा नआएको प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष