NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

इटालियन सुपर कपको उपाधि इन्टरलाई 

काठमाडौं – इटालियन सुपर कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ ।  बुधबार राति भएको फाइनलमा युभेन्ट्सलाई २–१ गोल अन्तरले हराउँदै इन्टरले उपाधि हात पारेको हो ।   खेलको २५ औं मिनेटमा युभेन्ट्सले सुरुवाती गोल गरेपनि ३५ औं मिनेटमा गोल फकाउँदै इन्टरले खेल बराबरीमा ल्याएको थियो ।  युभेन्ट्सका लागि वेस्टन म्याकेनीले गोल गरेका थिए । त्यसपछि इन्टरका लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गर्दै इन्टरलाई खेललाई बराबरीमा ल्याएका थिए। अन्तिमसम्म बराबरीमा अगाडि बढेको खेल आफ्नो पोल्टामा पार्न अतिरिक्त समयमा एलेक्सिस सान्चेजले गोल गरे। खेलको १ सय २१ औं मिनेटमा सान्चेजले गोल गरेसँगै इन्टरले जित हात पारेको हो । 

ताजा अपडेट

नेपालवाच विशेष