भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको प्रमुखमा एस सोमनाथ

काठमाडौं – भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)को प्रमुखमा एस सोमनाथ नियुक्त भएका छन् । विक्रम साराभाइ स्पेस सेन्टर(भिएसएससी)का निर्देशक तथा इसरोका प्रमुख वैज्ञानिक सोमनाथले शुक्रबार इसरोको १० औं प्रमुखको पदभार ग्रहण गर्नेछन् । उनको कार्यकाल तीन वर्षको हुनेछ । सोमनाथलाई अन्तरिक्ष विभागको सचिव र अन्तरिक्ष आयोगको अध्यक्षको जिम्मेवारी पनि दिइएको छ। सोमनाथले चार वर्षअघि विक्रम साराभाई स्पेस सेन्टरको जिम्मेवारी लिएका थिए । विगत चार वर्षदेखि इसरो, अन्तरिक्ष विभागको सचिव र अन्तरिक्ष आयोगको जिम्मेवारी सिवानले सम्हाल्दै आएका थिए । सोमनाथको नियुक्तिलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । उनलाई धेरै प्रतिष्ठित व्यक्तिहरूले बधाई दिइरहेका छन् । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पनि उनलाई ट्वीटरमार्फत बधाई दिएका छन् । देशको अन्तरिक्ष कार्यक्रमको नेतृत्व गर्न अर्का व्यक्तिलाई दिएकोमा आफूलाई गर्व लागेको उनले लेखेका छन् । सोमनाथ केरला निवासी हुन् ।
प्रतिक्रिया