NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

धादिङको रुवी भ्यालीमा पहिरो, डोजरसहित तीन बेपत्ता

काठमाडौं – धादिङको रुवी भ्याली गाउँपालिका १ मा बाटो खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका छन् । विहीबार बिहान बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएको रुवी भ्याली गाउँपालिकाका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको वडा नम्बर १ स्थित पुरबाट लिङचोसम्म जाने बाटो खन्ने क्रममा पहिरो खसेको हो । ‘आज बिहान साढे सात बजेतिर पुरबाट लिङचोसम्म जाने बाटो खन्ने क्रममा पहिरो खसेको हो,’ उनले भने ।  अहिले बेपत्ताको खोजी भइरहेको र उद्धारका लागि सुरक्षाकर्मीसँग आग्रह गरिएको उनको भनाइ छ।  घटनास्थल सदरमुकाम धादिङवेसीबाट करिब ८५ किलोमिटर टाढा छ ।  

ताजा अपडेट

नेपालवाच विशेष