NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

ललिता निवाससम्बन्धी प्रहरी प्रतिवेदन फिर्ता गर्नु सरकारको बदनियत : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार ललिता निवाससम्बन्धी मुद्दाको फाइल फिर्ता नै गरेकोमा आपत्ति जनाएका छन्। रावलले फाइल प्रहरीलाई नै फिर्ता गर्नुको पछाडि कतै मुद्दा फासफुस गर्ने त होइन भन्दै आशंका व्यक्त गरेका छन् ।  ‘अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–के गर्न नपुगेको हो खुलस्त गर्नुपर्छ’, बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘अन्यथा सरकार अपराधको मतियार ठहरिन्छ ।’ २६ पुसमा ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)को र्कीर्तेसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले फिर्ता पठाइदिएको थियो ।  सीआइबीको टोलीले सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा लगेको भन्दै उच्च पदका व्यक्तिसहित करिब तीन सय जनालाई दोषी ठहर गरेको थियो ।   

ताजा अपडेट

नेपालवाच विशेष