दार्चुलामा सुरक्षाकर्मीबीच झडप, प्रहरी हवल्दार घाइते

काठमाडौं – दार्चुलाको मालिकार्जुन गाउँपालिकामा सुरक्षाकर्मीहरूबीच झडप भएको छ। मालिकार्जुन ३ स्थित मालिकार्जुन प्रहरी चौकीमा नेपाल प्रहरी र ट्राफिक प्रहरीबीच झडप भएको हो। बुधबार बेलुका सात बजे प्रहरी चौकीभित्रै भएको झडपमा एक जना सामान्य घाइते भएका छन्। स्थानीयका अनुसार प्रहरी चौकी इन्चार्ज, ट्राफिक प्रहरीका कर्मचारी र प्रहरी हवल्दारबीच झडप भएको हो। उक्त झडपमा प्रहरी हवल्दार मदन सिंह धामी सामान्य घाइते भएका हुन् ।
प्रतिक्रिया