NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

प्रेस चौतारी पाँचथरको अध्यक्षमा काफ्ले

शंकर चापागाईँ, पाँचथर । रवीन्द्र काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै प्रेस चौतारी, पाँचथरको छैठौ अधिवेसन सम्पन्न भएको छ । सदरमुकाम फिदिममा बुधबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा विपुल अधिकारी र दुर्गा खनाल, सचिवमा भावना लिङ्देन, सहसचिवमा जीवन गौतम र चिरन्जीवि विश्वकर्मा तथा कोषाध्यक्षमा इवारा जवेगु चयन भएका छन् । अन्य सदस्यमा नेत्र कोइराला, रजनी हाङसरुम्बा, मदन थापा, मौसम सम्बाहाम्फे र रमेश थापालाई चयन गरिएको नवगठित कार्यसमितिका उपाध्यक्ष अधिकारीले जानकारी दिए । त्यसैगरी, केन्द्रीय प्रतिनिधिमा तुलसी थापा, शान्ति राई र विपुल अधिकारी चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा सागर  खनाल, दिलकुमारी तामाङ र रमेश थापा छानिएका छन् ।   

ताजा अपडेट

नेपालवाच विशेष