खल्तीसँगको सहकार्यमा यतीको ‘यति धेरै क्यासब्याक’ अफर

काठमाडौं । यती एयरलाइन्सले आफ्नो विमानमा यात्रुको आकर्षण बढाउनका लागि क्यासब्याक अफर ल्याएको छ । एयरलाइन्सको खल्तीमार्फत टिकट भुक्तानी गर्दा ४५० रुपैयाँ क्यास ब्याक पाउने अफर ल्याएको हो । एयरलाइन्सले खल्ती एपसँगको सहकार्यमा प्रतिटिकटमा ४५० रकम तुरुन्तै क्यास ब्याक पाउने ‘यति धेरै क्यास ब्याक’ अफर ल्याएको एयरलाइन्सले जनाएको छ । यस अफरले फ्लाइट बुकिङलाई सहज बनाउनुका साथै डिजिटल भुक्तानी प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको छ । बुकिङ गर्दाको बिल रकममा भने १५० घट्ने र बाँकी ३०० खल्ती वाटेटमा क्यासब्याक स्वरुप प्राप्त हुने बताइएको छ । यो अफर जनवरी ११ देखि फेब्रुअरी १६ सम्म जारी रहने कम्पनीले जनाएको छ । एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले यात्रुको सुविधाका लागि ल्याइएको उक्त अफरले कम्पनी उत्साहित भएको बताएका छन् ।
प्रतिक्रिया