NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

पहिलेजस्तो आत्तिएर लकडाउन गरिहाल्ने पक्षमा हामी छैनौं : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अनावश्यक लकडाउन गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् ।  कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘यसअघि अरु देशका कुरा सुनेर सबैतिर लकडाउन गरियो । अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिनेछ', उनले भने । कोरोना भाइरस रोकथामको समाधान लकडाउन नै हो भन्ने किसिमबाट अब सरकार नजाने उनले स्पष्ट पारे । ‘सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेको छ । लकडाउन हुन्छ भनेर आत्तिनु पर्दैन’, उनले भने, ‘कोरोनाको सुरुवाती समयमा आतंक बढी थियो । एक–दुईवटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भन्ने भयो र गरियो पनि । जति जानेको थियो त्यति ग¥यौं । युरोपेली देशहरूमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार ग¥यौं । हामी पनि आतंकित भयौँ । गर्नुपर्ने बेलामा गरेनौँ, अघि–पछि ग¥यौं । अब हामी आत्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ ।’  यद्यपि, आवश्यकता महशुश गरेर लकडाउन गर्न सक्ने सम्भावना भने रहेको उनले स्पष्ट पारे । तर, खास ठाउँमा हेरेर र विचार पुर्याएरमात्र लडडाउन गरिने उनले बताए ।   

ताजा अपडेट

नेपालवाच विशेष