१५ हजार परीक्षण गर्दा ३५५३ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा तीव्र गतिमा बढीरहेकाे काेराेना भाइरसकाे फैलावट समुदायस्तरमै पुगेकाे छ । दैनिक पाँचसय देखि एक हजारसम्म संक्रमितकाे संख्यामा वृद्धि भइरहेका छन् । बुधबार तीन हजार संक्रमित थपिएकाेमा बुधबार करिब पाँच सयले बढेर ३५ सय नाघेका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभरमा ३५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० चारसय ९८ जनामा आरटी पिसिआर र चार हजार ५८३ जनामा एन्टीजेन परीक्षण गरिएको थियो । यस्तै, बिहीबार २७१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ११ हजार ६१० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हाल देशभर संक्रिय संक्रमितको संख्या १४ हजार ३४० रहेको छ भने १२२ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रतिक्रिया